नियम ८
कानून व्यवसायी राखेकोमा जानकारी गराउने
(१) ऐनको दफा १२ बमोजिम पीडितले छुट्टै कानून व्यवसायी राखेकोमा सम्बन्धित सरकारी वकील कार्यालयलाई अनुसूची-८ बमोजिमको ढाँचामा त्यसको जानकारी दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त भएमा सम्बन्धित सरकारी वकील कार्यालयले त्यस्तो जानकारी सम्बन्धित मिसिलमा संलग्न गरी राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त भएमा सम्बन्धित सरकारी वकील कार्यालयले त्यस्तो जानकारी सम्बन्धित मिसिलमा संलग्न गरी राख्नु पर्नेछ।